लमही दाङ असार १४ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले लुम्बिनी प्रदेश सरकारलाई जनविरोधी र असंवेदनशील ठहर गर्दै कांग्रेसले सरकारको नेतृत्व परिवर्तनका लागि आन्तरिक छलफल गर्ने निर्णय गरेको प्रेस बिज्ञप्ती उल्लेख गरेकाे छ ।
आज प्रदेश सभापति अमरसिंह पुनको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेकाे हाे ।
नेपाली काँग्रेस लुम्बिनीका महामन्त्री बिक्रम खनालले जारी गरेकाे बिज्ञप्ती बैठकले नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतान्त्रिक संविधानमाथि जननिर्वाचित सरकारहरूबाट निरन्तर हमलाको प्रयास भएको भन्दै बैठकले चिन्ता व्यक्त गर्यो गर्दै सरकारले जनमत विपरीत काम गर्दै जनभावनाको अपमान गरेको बैठकको ठहर छ। बैठकले संविधान र लोकतन्त्रलाई कमजोर पार्ने गतिविधि बन्द गर्न सरकारलाई चेतावनी दिदै नागरिकमाथि सरकारले दमन र उपेक्षा गर्दै आएको भन्दै बैठकले सशक्त प्रतिवाद गर्ने तयारी गरेको छ ।
बिज्ञप्ती