मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कैलालीकाे सुख्खर बाट ठुलाे परिमाणमा अफिम सहित ३ जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • धनगढी  असार १७  । कैलालीमा साढे दुई किलो बढी लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् ।

    घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले दुई किलो ७१४ ग्राम लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्ने हुम्लाको सुर्केगाड गाउँपालिका-५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही, ठेगाना नखुलेका २७ वर्षीय सालु शाही र रोल्पाको सुनछहारी गाउँपालिका–७ कि ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।

    उनीहरूलाई विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले अफिमसहित पक्राउ गरेको हो ।

  • १७ असार २०८२, मंगलवार १२:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित