मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जनालाई पक्राउ
  • मार्गरेखा संवाददाता

  • दाङ लमहि असार २२ ।   दाङको लमही नगरपालिकामा प्रहरीले दुर्लभ वन्यजन्तु बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ का ५३ वर्षीय केशवराज सेन ठकुरी, वडा नं. ६ का ४१ वर्षीय विक्रम बुढामगर र बर्दियाका ३३ वर्षीय बनिल थारु छन् ।

    जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार, गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय, लमहीबाट प्रहरी निरीक्षक रोशनराज पाण्डेयसमेतको कमाण्डमा खटिएको टोलीले बाघको छालाको विक्री हुन लागेको फेला पारेको थियो ।

    त्यसक्रममा आइतबार बिहान मध्यराति विक्रम बुढामगरको घरमा प्रहरीले छापा मारेको थिाये । त्यसक्रममा घरमा प्लास्टिकको जेब्रा झोलाभित्र लुकाएको अवस्थामा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाई भएको पाटे बाघको छाला फेला पारिएको डीएसपी शाहले बताए ।

    प्रहरीले थप अनुसन्धान गरिरहेको छ

  • २२ असार २०८२, आईतवार १२:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित