मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

क्रिकेटमा नेपालीले प्राप्त सफलता खेलाडिहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल हो : राष्ट्रपति पौडेल
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ   असार २३  । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताउनुभएको छ । एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उहाँले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडिहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गर्नुभयो ।
    उहाँले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू – १६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको स्पष्ट पार्नुभयो ।
    राष्ट्रपति पौडेलले हामीले हाम्रा परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकतर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले देशभित्रै खेलकुदका लागि आवश्यक पूर्वाधार बढाएर तथा प्रतियोगिता र प्रशिक्षण बढाएर देश विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडी उत्पादनमा हामी सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।

  • २३ असार २०८२, सोमबार १२:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित