मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

संजीवनी अस्पताल अबैधानिक, सञ्चालकद्वारा जनप्रतिनिधिमाथि गम्भीर आरोप — प्रदेश सांसद रत्न खत्रीको सार्वजनिक अभिव्यक्ति
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, असार २८ ।  नेपालगञ्जमा संचालित संजीवनी अस्पताल (साबिक नेपालगञ्ज हस्पिटल ट्रेनिङ एण्ड रिसर्च सेन्टर) कानुनी प्रक्रिया विपरीत सञ्चालन भइरहेको विषयलाई लिएर लुम्बिनी प्रदेश सरकारका निर्वतमान मन्त्री तथा बाँके क्षेत्र नं. ३ का लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले सामाजिक सञ्जालमार्फत गम्भीर आपत्ति जनाएका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै सांसद खत्रीले आफूमाथि र कोहलपुर नगरपालिकाका मेयरमाथि अस्पताल सञ्चालक खुमा अर्यालले अनुचित आरोप र खुला चुनौती दिएको बताएका छन्। उनले लेखेका छन् –

    “अबैध रूपमा संचालित संजिवनी अस्पतालले गरेको ठगी र अवैधानिक क्रियाकलाप मेरो इथिक्सले टुलुटुलु हेर्न सक्दैन। अबैध क्रियाकलापको विरोध गर्दा जस्तोसुकै चुनौतीको सामना गर्न तयार छु।”

    सांसद रत्न खत्रीद्वारा उठाइएका मुख्य तथ्यहरू:

    • स्वीकृति बिना अस्पताल सञ्चालन गरिएको छ। संजीवनी अस्पतालले सम्बन्धित निकायबाट अनुमति नलिई सञ्चालन भइरहेको छ।
    • पुरानो अनुमति नविकरण नभएको भन्दै अस्पतालको दर्ता खारेज भइसकेको कानुनी अवस्था रहेको उल्लेख गरिएको छ।
    • अस्पताल सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार अपुग रहेको छ। १०० शैयाको अस्पतालका लागि चाहिने १७ कट्ठा जग्गा नभएको भन्दै संजीवनीसँग आवश्यक जमीन वा संरचना नरहेको भनिएको छ।
    • मेडिकल कलेजको भवनमा अस्पताल संचालन गरी दोहोरो बिलिङ गरिएको आरोप लगाइएको छ।
    • जग्गा हदबन्दीको कानुन उल्लंघन गरी अस्पताल सञ्चालन भएको र स्वास्थ्यसम्बन्धी ऐन तथा नियमावलीको उल्लंघन भएको उल्लेख गरिएको छ।

    सम्बन्धित ऐन, नियम र निर्देशनहरूको उल्लंघन

    सांसद खत्रीका अनुसार, जनस्वास्थ्य ऐन २०७५, स्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य संस्था सञ्चालन निर्देशिका २०७८, र लुम्बिनी प्रदेशको स्वास्थ्य संस्था सम्बन्धी नियमावली २०७६ तथा २०७७ को समेत उल्लंघन भएको छ।

    कारबाहीको माग

    सांसद रत्न खत्रीले सार्वजनिक रूपमा अबैध रूपमा सञ्चालन भइरहेको संजीवनी अस्पतालको सम्पूर्ण प्रक्रिया तत्काल खारेज गर्न र सम्बन्धित निकायले कानुनी कारबाही थाल्नुपर्ने माग गरेका छन्।

    उनले भनेका छन्, “मैले जनताको हकहितका लागि आवाज उठाएको हुँ। यस्तो गैरकानुनी कार्यमा आँखा चिम्लन सक्दिन।

     

  • २८ असार २०८२, शनिबार ०९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित