मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

चिडीमार समुदायबाट नेपाल प्रहरीमा पहिलो पटक हवलदार पद पुगेका अवधेश चिडिमार लाई सम्मान
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज–१२ मा हवलदार अवधेश चिडीमारलाई सम्मान

    नेपालगन्ज असार २९ ।    नेपालगञ्ज उपमहानगरपालिका–१२ मा चिडिमार समुदायतर्फबाट पहिलोपटक नेपाल प्रहरीमा हवलदार पदमा नियुक्त हुन सफल अवधेश चिडीमारलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा वडा नं. १२ का वडा अध्यक्ष तरुण बज्राचार्यको उपस्थितिमा सम्मान गरिएको हो। अध्यक्ष बज्राचार्यले चिडीमार समुदायका युवाहरूले पनि मेहनत, लगनशीलता र निरन्तर प्रयासद्वारा सुरक्षाकर्मी जस्तो जिम्मेवार पदमा पुग्न सक्ने उदाहरण अवधेश चिडीमारले प्रस्तुत गरेको बताए।

    कार्यक्रममा विभिन्न स्थानीय अगुवा, समाजसेवी तथा समुदायका सदस्यहरूको उपस्थितिमा अवधेशलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको थियो। कार्यक्रममा उहाँलाई सफल कार्यकालको शुभकामना दिइएको थियो।

    चिडिमारका अगुवा अनुसार चिडीमार समुदायबाट नेपाल प्रहरीमा पहिलो पटक हवलदार पदसम्म पुग्नु ऐतिहासिक उपलब्धि हो, जसले भविष्यमा अन्य युवाहरूलाइ पनि प्रेरणा दिनेछ।

     

  • २९ असार २०८२, आईतवार १४:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित