मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अफिम र नक्कली नोटसहित कोहलपुरबाट पत्रकार पक्राउ
  • मार्गरेखा संवाददाता

  •  

    बाँके, कोहलपुर असार ३१ । नक्कली नोट र ठूलो मात्रामा अफिमसहित आफुलाई पत्रकार परिचय दिने एक व्यक्ति पक्राउ परेका छन्। सुर्खेतबाट खटिएको प्रहरी अनुसन्धान ब्युरोको टोलीले कोहलपुर नगरपालिका–११ स्थित जनगर्जन नेटवर्क प्रालिको कार्यालयमा छापा मारेर मनबहादुर सहकारीलाई पक्राउ गरेको हो।

    ब्युरोका अनुसार पक्राउ परेका सहकारीबाट १ हजार रुपैयाँका ५१ वटा नक्कली नोट र १९ किलो अफिम बरामद गरिएको छ। उक्त अवैध कारोबारसँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति केही समयदेखि आफुलाई सञ्चारकर्मीका रूपमा चिनाउँदै आएका थिए।

     

  • ३१ असार २०८२, मंगलवार १२:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित