मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दिया जिल्लाको राजापुर–गेरुवा जोड्ने २७ किलोमिटर सडक अलपत्र
  • मार्गरेखा संवाददाता

  • गुलरिया  साउन ५  । बर्दिया जिल्लाको राजापुर–गेरुवा जोड्ने २७ किलोमिटर सडक अलपत्र अवस्थामा छ । सडक निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ठेक्का सम्झौता भएको थियो । समयमा सडक निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।

    निर्माण कम्पनी कान्छाराम राजेन्द्र जेभी धनगढी–४ सँग हुलाकी सडक आयोजना बाँकेले २०८० असोज ३ गते सम्पन्न गर्ने गरी २०७७ साल चैत ४ गते ठेक्का सम्झौता गरेको थियो । उक्त सडकको हालसम्म भौतिक प्रगति २६ प्रतिशत मात्र छ ।

    यसै गरी वित्तीय प्रगति पनि २६ प्रतिशत रहेको छ । गेरुवा गाउँपालिका योजना शाखाका प्रमुख कुननारायण चौधरीले सडक निर्माणका लागि सम्झौता भएको सात वर्ष भए पनि सडक निर्माणको प्रगति शून्य जस्तै रहेको बताउनुभयो । कृष्णसार यातायात व्यवसायीका अध्यक्ष रवि मल्लले सडक निर्माण सुरु गरेसँगै सञ्चालनमा आएका सवारीसाधनसमेत बन्द गर्नु परेको बताउनुभयो ।

    गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले निर्माणाधीन सडकमा जताततै ग्राभेल छरेर रोकिराखेको छ भने जताततै खाडलले आउजाउ गर्दा निकै सास्ती भोग्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “कम्पनीले बाटोमा माटो र ग्राभेल थुपारेको छ । कैयौँ पटक हामीले हुलाकी आयोजना र ठेकेदारलाई पत्राचार गरी सडक निर्माण छिटो गर्न भन्यौँ । निर्माण व्यवसायीबाट कुनै किसिमको वास्ता नै भएन ।”

    हुलाकी राजमार्गको कार्यालय नेपालगन्जबाट ठेक्का सम्झौता गरेका ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्न नसकेर धेरै पटक म्याद थप गरेको छ । उक्त कालोपत्रे सडक ५३ करोड १२ लाख ६१ हजारको लागतमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।

    हुलाकी सडक आयोजना बाँकेका कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले कम्पनीलाई हुलाकी आयोजनाले छिटो काम सम्पन्न गर्न ताकिता गरे पनि वास्ता नगरेको बताउनुभयो । उहाँले सडक निर्माणमा धेरै ढिलासुस्ती भएकाले हालसम्म निर्माण कम्पनीलाई ३२ पटक पत्राचार गरिसकेको बताउनुभयो

  • ५ श्रावण २०८२, सोमबार ०९:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित