शुक्रबार २ गते ३५ वर्षकी रामकुमारी सुनार, उनकी छोरी ६ वर्षकी भाग्यरेखा बिक, वर्षीय आयुषा बिक र ३ वर्षीय योजन बिक जंगली च्याउ खाएपछि बिरामी परेका थिए।
उनीहरूलाई स्थानीय अस्पतालमा उपचार गरिए पनि अवस्था गम्भीर भएपछि साउन ६ गते दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो। उपचारको क्रममा योजन बिकको मंगलबार दिउँसो ३ बजे र भाग्यरेखा बिकको मंगलबार राति ११ बजेर ४५ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
रामकुमारी सुनार र आयुषा बिकको अवस्था भने गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा लैजानको तयारी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।