नेपालगञ्ज, ७ साउन – नेपाल किसान महासंघ लुम्बिनी प्रदेश समितिको विशेष बैठक हालै सम्पन्न भएको छ। बैठकमा संगठन सुदृढीकरण, कृषकका हक–हितको रक्षा तथा आगामी कार्ययोजना सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकले संगठनलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै बाँकेका महेन्द्र मल्ललाई प्रदेश महामन्त्रीको जिम्मेवारी प्रदान गरेको छ। महामन्त्रीमा चयन भएपछि मल्ल ले अध्यक्ष रिता केसीसहित सम्पूर्ण नेतृत्व तहलाई धन्यवाद व्यक्त गरेका छन्।
मल्लले भने, “म प्राप्त यो जिम्मेवारीलाई एक अवसरका रूपमा लिँदै किसानका समस्या समाधानका लागि निष्ठापूर्वक काम गर्नेछु।” साथै उनले बैठकबाट मनोनित भएका प्रदेश कमिटी सदस्यहरूलाई पनि बधाई दिएका छन्।
बैठकले लीला थापा, तुलाराम गिरी, राधा खड्का, प्रेम खरेल, जमुना दाहाल, सलावद्दिन खा र पुष्पा सुनारलाई प्रदेश कमिटी सदस्यमा मनोनयन गरेको छ। मनोनित सबै सदस्यहरूले संगठनप्रति आफ्नो प्रतिबद्धता जनाउँदै सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।