मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तीन राउन्ड हवाई फायर गरी बाँकेमा ब्राउन सुगरसहित एक जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज पुस १७ । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध नियन्त्रण अभियानका क्रममा ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मिति २०८१ पुस १७ गते नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुर नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेका एक व्यक्तिलाई नियन्त्रणमा लिन सफल भएको हो।
    प्रहरीका अनुसार भाग्ने प्रयासका क्रममा प्रहरी टोलीले तीन राउन्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि पक्राउ परेका व्यक्तिको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २०० ग्राम ६० मिलिग्राम बरामद गरिएको हो।
    पक्राउ पर्ने व्यक्ति भारत उत्तर प्रदेश, जिल्ला बहराइच रुपैडिहा थाना बस्ने वर्ष ३५ का इलियास अहमद रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीसँग बरामद गरिएको लागुऔषधलाई प्रमाणका रूपमा सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
    बरामद लागुऔषधसहित पक्राउ परेका इलियास अहमदलाई बाँके जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पाटलीले जानकारी दिनुभयो।
    प्रहरीले लागुऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि अभियानलाई अझ सशक्त बनाइने बताउँदै यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ।

  • १७ पुष २०८२, बिहीबार १९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित