मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार सहित ५ जना एमाले बाँकेले सिफारिस गर्याे
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस १९ । नेकपा एमाले बाँकेले  फागुन २१ हुने  प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारका आकांक्षीका नाम सिफारिस गरेकाे छ । निर्वाचन क्षेत्र नम्बर १ र ३ बाट एक/एकजनाको नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्बर २ बाट तीनजनाको नाम सिफारिस भएको छ ।

    बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य सूर्यप्रसाद ढकालकाे नाम  शनिबार क्षेत्र नम्बर १ कमिटीको  बैठकबाट उम्मेदवारका लागि उनको नाम एकलरुपमा सिफारिस गरेकाे थियाे ।

    यसै गरि निर्वाचन क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष निरक गुरुङ,  कृष्णप्रसाद श्रेष्ठ र अछरी पोख्रेलको नाम सिफारिस गरेकाे छ । श्रेष्ठ नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य हुन भने पोख्रेल पत्रकार हुन् ।

    त्यस्तै बाँके ३ मा एमालेबाट पूर्वमन्त्री दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ

  • १९ पुष २०८२, शनिबार २०:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित