मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्ट्राचार मु्द्दा दायर
  • मार्गरेखा संवाददाता

  • काठमाडौ पुस २० । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणको ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन नगर प्रमुखसहित १४ जनाविरुद्ध भ्रष्ट्राचार मु्द्दा दायर गरेको छ।

    आयोगले तत्कालीन नगर प्रमुख दीपक विक्रम शाह,तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत प्रेम काजी महर्जन,तत्कालीन अधिकृत छैटौं नरेन्द्र नाथ,तत्कालीन इन्जिनियर पारस खाती , तत्कालीन सब इन्जिनियर गणेश राज रेग्मीलगायत  १४ जनाविरुद्ध आइतबार  विशेष अदालत काठमाडौंमा आरोप- पत्र दायर गरेको हो। उनीहरूविरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो माग गरिएको छ।
    अख्तियारका अनुसार बुढीगंगा नगरपालिकाको भवन निर्माणको ठेक्कामा मिलोमतो गरी भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित आधारमा अमुक निर्माण व्यवसायीसँग मिलि अनावश्यकरुपमा प्रतिष्पर्धा साँगुरो पारी ठेक्का लगाउने काम भएको उनीहरूविरुद्ध उजुरी परेको थियो।
    सोही उजुरीका आधारमा छानबिन हुँदा तत्कालीन नगरप्रमुख शाहसहित प्रतिवादीहरूले आपसी मिलेपतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानीनोक्सानी पुर्याउने उद्देश्यले कार्य गरी गराइ ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ।
  • २० पुष २०८२, आईतवार १७:५१ प्रकाशित
  • Nabintech
    सम्बन्धित