मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टी २० विश्वकप ग्लोबल क्वालिफायरका लागि महिला टिम छनोट
  • मार्गरेखा संवाददाता

  • काठमाडौं पुस २० । आइसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफार्सका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार महिलाको अन्तिम टोली घोषणा गरेको हो। क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। टोलीको उपकप्तानमा पूजा महतो रहेकी छन्‌।

    दोस्रो चरणको प्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम १५ जना खेलाडी छानिएका हुन्। दोस्रो चरणबाट रुबी पोदार, सना प्रविन, ईश्वरी विष्ट, सोनी पाख्रिन र लक्ष्मी साउदले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालसहित १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। जसबाट शीर्ष चार टोलीले इंग्ल्याण्डमा हुने महिला टी२० विश्वकपमा स्थान बनाउनेछ।
    समूह ‘बी’ मा नेपालसँगै थाइल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड्स र जिम्बाव्वे छन्। यस्तै, समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका छन्। समूह चरणको खेलपछि शीर्ष ३-३ टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको खेलपछि शीर्ष चारमा रहने टोलीले विश्वकप खेल्नेछ।

    नेपालको टोली: 
    इन्दु बर्मा(कप्तान), पूजा महतो ( उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनिषा उपाध्याय

  • २० पुष २०८२, आईतवार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित