मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले चयन गर्‍यो ९ उम्मेदवार
  • मार्गरेखा संवाददाता

  • २३ पुस, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ ।

    कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले सातै प्रदेशमा चयन गरिएका उम्मेदवार भन्दै नामावली सार्वजनिक गरेको हो ।

    एक शीर्ष नेताका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।

    यसैगरी अन्य उम्मेदवारहरुमा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांगता) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) छन् ।

  • २३ पुष २०८२, बुधबार ११:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित