मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

डुडवाकाे चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम सर्बसम्मति बाट अनुमाेदन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  पुस २५  । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
    अध्यक्ष चौधरीले डुडुवामा निमार्णधिन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे संचालन, सांस्कृतिक प्रबद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण लगायतका कार्यक्रमको करिब रु तीन करोड बढीको बजेट थप गरि शंसोधन गरेको प्रस्तुत गर्नुभयो ।
    कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, लघुउद्यम विकास कार्यक्रम, विकास निमार्ण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराउनु भएको थियो ।
    उहाँले पालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापना गरेको आधारभुत अस्पताल र हरिमिनियामा निमार्णाधिन कोल्ड स्टोरको यही माघदेखि संचालन गर्ने भन्दै डुडुवाका नागरिकलाई सहज र शुलभ सेवा उपलब्ध गराउनेतर्फ विशेष ध्यान दिएको बताउनुभयो ।
    उहाँले डुडुवाले देशकै नमुनाको रुपमा काम गर्दै आएको दाबी गर्दै विगतका वर्षदेखि डुडुवा लिजा र स्वास्थ्य क्षेत्रलगायत मुल्याकंनमा प्रथम स्थान हासिल गरेको बताउनुभयो । उहाँले यहाका केही विपक्ष समुहले विभिन्न वहानामा बदनाम मात्र गर्ने गरेकाले त्यस्ता भ्रामक प्रचारतर्फ नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
    गाउँसभा सचिव तथा प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेयले संचालन गर्नुभएको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्य, कार्यपालिका सदस्य लगायतको सहभागिता रहेको थियो ।

  • २५ पुष २०८२, शुक्रबार १८:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित