धनकुटा ८ माघ, नेपाली कांग्रेस धनकुटाको आज सम्पन्न भएको पदाधकारीहरुको बैठकले आगामी फाल्गुण २१ गतेको प्रतिनिधि सभा निर्वाचन जत्नका लागी विभिन्न समितिहरु गठन गरेको छ ।
नेपाली कांग्रेस धनकुटा जिल्ला कार्य समितिका सभापती दिनेश राई धनकुटा जिल्लाबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवार हुनु भएकोले निर्वाचन जित्नका लागी चुनावी कार्यक्रमहरुमा सहभागी भई व्यस्त हुनु हुने भएकोले निर्वाचन सम्पन्न नभए सम्मका लागी उपसभापती नर्मल प्रसाद ओझालाई कार्यवाहक सभापतीको जम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
यसैगरी धनकुटा जिल्लामा निर्वाचन परिचालन गर्नका लागी नेपाली कांग्रेसका केन्द्रिय सदस्य अग्नी प्रसाद पौडेल संयोजक,सदस्यहरुमा पूर्व मन्त्री राष्टिय सभाका सदस्य सुनल वहादुर थापा,पूर्व सभापतीहरु मनोहर नारायण श्रेष्ठ,हरी कुमार राई,जनक सेन लिम्बु,हरी अधिकार,अञ्जना ताम्ली,अजित नारायण सिंह थापा,आनन्द सन्तोषी राई सहित ४ सय ५१ जना निर्वाचन मुल परिचालन समिनि धनकुटा गठन गरेको छ ।
नेपाली कांग्रेस धनकुटाले कार्यवहाक सभापती निर्मल प्रसाद ओझाको संयोजकमा निर्वाचन मुल समन्वय समिति, उपसभापती सुनिल डंगोलको संयोजकत्वमा सचिवाल मुल समिति,सचिव विजय सन्तोषी राई संयोजकत्वमा चुनाव मुल प्रचार प्रसार समिति,सचिव जयन्द्र घिसिग रहनु भएको भ्रात्तृ तथा शुभेच्छुक परिचालन मुल समिति गठन गरेको छ ।
यसैगरी सहसचिव रोशन श्रेष्ठको संयोजकत्वमा बुध एजेण्ड पहिचान तथा एजेण्ड प्रशिक्षण समिति,सहसचिव गिरिजा प्रसाद दाहालको संयोजकत्वमा जननिर्वाचित जनप्रतिनिधिहरु परिचालन मुल समिति ,सहसचिव श्रीराम रायमाझीको संयोजकत्वमा घोषणा पत्र तयारी मुल समन्वय समिति र कोषाध्यक्ष सरस्वती मगरको संयोजकमा मुल आर्थिक समिति गठन गर्ने निर्णय कांग्रेसले गरेको छ ।
यसैगरी धनकुटामा यस पटक निर्वाचन जित्नका लागी फाल्गुण २९ गते धनकुटामा चुनावी रणनिति निर्माणका लागी नेपाली कांंग्रेस जिल्ला कार्य समित धनकुटाका बृहत बैठक वस्ने निर्णय गरेको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।










