मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनीमा राष्ट्रियसभा नेकपा (एमाले)–नेपाली कांग्रेस गठबन्धनका उमेदवारहरू विजयी भएका
  • मार्गरेखा संवाददाता

  • दाङ माघ ११ । राष्ट्रियसभा निर्वाचनअन्तर्गत भएको निर्वाचनमा नेकपा (एमाले)–नेपाली कांग्रेस गठबन्धनका उमेदवारहरू विजयी भएका छन् । कांग्रेस र एमालेबीच तालमेल गरी एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्री महिला कोटाबाट निर्वाचित भइन् ।

    कांग्रेसबाट अपांगता कोटामा दाङको लमही नगरपालिका–२ का बासुदेव घिमिरे र अन्य समूहको कोटामा गुल्मीको रेसुंगा नगरपालिका–३ का चन्द्रबहादुर केसी विजयी भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

    आइतबार भएको मतदानमा प्रदेशसभा सदस्यतर्फ ७८ मत र स्थानीय तह सदस्यतर्फ २०८ गरी कुल २८६ मत खसेको थियो । लुम्बिनी प्रदेशमा ८३ जना प्रदेशसभा सदस्य र २१७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी कुल ३०० जना मतदाता रहेका थिए ।

    लुम्बिनी प्रदेशबाट तीन सिटका लागि आठजनाबीच प्रतिस्पर्धा भएको थियो ।

    नेपाली कम्युनिस्ट पार्टीबाट महिलामा दुर्गाकुमारी भण्डारी, अपांगतामा सर्जन विक र अन्यमा बृहस्पति अधिकारी तथा राष्ट्रिय जनमोर्चाबाट महिलामा पद्मा पण्डित र अन्य बोमबहादुर खत्री उमेदवार थिए ।

    हाल एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे र तत्कालीन माओवादी केन्द्रका जगप्रसाद शर्माको कार्यकाल फागुन २० गते सकिँदैछ । भट्टराई अन्य समूह, घिमिरे महिला र शर्मा अपांगता कोटाबाट निर्वाचित भएका थिए ।

  • ११ माघ २०८२, आईतवार १७:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित