मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको सभापति गगन थापा
  • मार्गरेखा संवाददाता

  •  काठमाडौं माघ १२  । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने इच्छाले सर्लाही–४ मा उम्मेदवार बनेको बताएका छन् ।

    उम्मेदवारी मनोनयन दर्ताको ६ दिनपछि निर्वाचन क्षेत्र पुगेकै दिन सोमबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशको साइनो औपचारिक मात्रै बनाएर नहुने बताएका छन् ।

    ‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिंगो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ,’ सभापति थापाले भने ।

    पहाडबाट झरेको आफ्नो परिवार, काठमाडौंको हुकाई  भएको हुँदा मधेशसँग चुनावी उम्मेदवार बनेर झन् नजिकिन चाहेको बताए । मधेशका कुरा काठमाडौंमा सुनाउन र काठमाडौंका कुरा मधेशमा सुनाउन चाहेको उनले बताए ।

    काठमाडौं–४ का मतदातालाई तीनपटक निर्वाचित गरेको प्रति कृतज्ञता व्यक्त गरे । ‘एउटा परिवार जस्तो माया यो क्षेत्रमा सधैं पाएँ । जीवनको महत्त्वपूर्ण चरणहरू त्यहिँभित्र बिताएँ,’ काठमाडौं–४ का मतदातालाई सभापति थापाले भने ।

    सभापति निर्वाचित भएपछि क्षेत्र परिवर्तन गर्न नहुने सुझावहरू अझ बढी आएको उल्लेख गरे । उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने बताएका

  • १२ माघ २०८२, सोमबार १५:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित