मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

काँग्रेस बाँकेद्धारा भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग निर्वाचन लक्षित अन्तरक्रिया
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ २१ ।  आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बाँकेले आफ्ना भ्रातृ तथा शुभेच्छुक संघ–संगठनसँग बुधबार अन्तरक्रिया गरेको छ। कांग्रेस बाँकेका कार्यवाहक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको अन्तरक्रियामा सहभागी भ्रातृ तथा शुभेच्छुक संघ–संगठनहरूले पार्टीका उम्मेदवारहरूको पक्षमा उभिन आफ्नो तर्फबाट खेल्न सक्ने भूमिकामा प्रतिबद्ध रहेको बताएका छन्। तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्रबहादुर शाहले तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार जिताउन युवाहरू परिचालन भइसकेको जानकारी दिए। किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारुले महासंघमा आबद्ध सम्पूर्ण किसानहरु पार्टीको पक्षमा उभिएको उल्लेख गर्दै त्यसलाई थप क्रियाशील बनाउँदै लैजाने प्रतिबद्धता जनाए। नेपाल प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकालले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सञ्चारकर्मका माध्यमबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सोहीअनुसार युनियनकर्मीहरु परिचालन गरिएको पनि जानकारी दिए । कार्यक्रममा नेविसंघ, नेपाल कर्मचारी युनियन, नेपाल राष्ट्रिय मगर संघ, नेपाल शिक्षक संघ लगायतका भ्रातृ तथा शुभेच्छुक संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अन्तरक्रियामा पार्टीका सचिव तथा क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार सुधांशु कोइराला, पार्टीका जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिव रेणु सिंह ठाकुर, जिल्ला सदस्य उमा थापा लगायतको उपस्थिति रहेको थियो।

  • २१ माघ २०८२, बुधबार १९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित