मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टोलटोलमा आशीर्वाद लिदै उम्मेदवार मल्ल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ २२ । बाँके निर्वाचन क्षेत्र नम्बर ३ एमालेका उम्मेदवार सुमन मल्ल घरदैलो अभियानमा जहाँ जहाँ पुग्छन्, उनलाई अबिर माला सहित आशीर्वाद दिनेको संख्या उत्तिकै बढी छ ।

    एमालेले बाँके क्षेत्र नम्बर ३ मा स्वच्छ छबिका युवा नेता सुमन मल्ललाई टिकट दिएसंगै उत्साहित बनेको बाके एमालेका कार्यकर्ताहरु यतिबेला कार्यकर्ता भेला र भेटघाटमा ब्यस्त बन्दै गर्दा उम्मेदवार मल्ल गाउँघरमा पुग्दा उनलाई जितको शुभकामना दिन घुइँचो नै लाग्ने गरेको छ ।

    पछिल्ला दिनहरुमा बाँके क्षेत्र नम्बर ३ को खजुरा गाउँपालिका, जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाको टोलमा पुग्दा स्थानीयले मल्ललाई स्वाग गर्दै माला अबिर सहित आशीर्वाद र शुभकामना दिन भिड लाग्ने गरेको छ ।

    बाँकेको खजुरा गाउँपालिकाका वडा नम्बर १ का स्थायी बासिन्दा समेत रहेका उम्मेदवार मल्लले एक कार्यकाल वडा अध्यक्ष बनेर जिल्लामा नमुना वडाको रुपमा आफ्नो वडालाई चिनाएका थिए । नमुना वडाको बिकास मोडेल अब क्षेत्र नम्बर ३ ले पाउने भन्दै स्थानीयहरु हर्सित बनेका छन् भने अन्य ठुला दलले सुमन मल्लको प्रतिस्पर्धामा आयातित उम्मेदवार दिएको हुँदा मल्ललाई स्थानीयले अपनत्त्व ग्रहण गरेको स्थानीयहरु बताउने गर्छन् ।

    भेटघाटका क्रममा उम्मेदवार मल्लले समेत हाम्रो क्षेत्र हामिले नै बनाउने भन्दै यो चुनाव आफ्नो नभएर आफ्ना मतदाताको भएको बताउदै आएका छन् ।

  • २२ माघ २०८२, बिहीबार १२:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित