नेपालगन्ज माघ २४ । सिबिन नेपालले बालबालिकाको संरक्षण, सुरक्षित बाल्यकाल र परिवार सुदृढीकरणका उद्देश्यसहित सुफासेक परियोजना सञ्चालन भएकाे नेपालगन्ज उपमहानगरपालिका भित्रका वडामा संचालित कार्यक्रम शनिबार समापन गरेकाे छ ।
जोखिममा परेका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्कन सहयोग पुर्याउने लक्ष्यसहित सुरु गरिएको बताउदै यस परियोजनाले बाल श्रम, बाल विवाह, हिंसा तथा बेचबिखनजस्ता समस्याको न्यूनीकरणमा केन्द्रित भएर काम गरिरहेको सिबिन नेपाल सिद्व पनेरूले जनाएका छन ।
परियोजनाले संस्थागत हेरचाहभन्दा पारिवारिक हेरचाहलाई प्राथमिकता दिँदै बालबालिकालाई आफ्नै परिवारभित्र सुरक्षित रूपमा बस्न सक्ने अवस्था सिर्जना गर्ने नीति लिएको छ। यसका लागि जोखिममा रहेका बालबालिकाको पहिचान, परिवारसँग पुनर्मिलन, अभिभावक सशक्तीकरण तथा मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गरिँदै आएको सिबिन नेपाल सिद्व पनेरूले जनाएका छन ।
सुफासेक परियोजनाअन्तर्गत समुदायस्तरमा बाल अधिकार र बाल संरक्षण सम्बन्धी सचेतना कार्यक्रम, विद्यालयसँग समन्वय, स्थानीय तह, प्रहरी तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै बाल संरक्षण प्रणालीलाई बलियो बनाउने प्रयास भइरहेको छ। साथै, बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवामा पहुँच पुर्याउने, अभिभावकलाई जीवनोपार्जन र अभिभावकत्वसम्बन्धी तालिम प्रदान गर्ने काम पनि परियोजनाका प्रमुख गतिविधिमा समावेश गरेकाे सिबिन नेपाल सिद्व पनेरूले जनाएका छन ।
सिबिन नेपालका अनुसार सुफासेक परियोजनाले समुदायमै बाल संरक्षणको दिगो संरचना विकास गर्दै बालबालिकालाई सुरक्षित, सम्मानजनक र अधिकारसहितको जीवनतर्फ अग्रसर गराउने अपेक्षा गरिएको छ। परियोजनाबाट स्थानीय तहमा बाल संरक्षणप्रतिको जिम्मेवारीबोध बढ्नुका साथै परिवार र समुदायको भूमिकामा सकारात्मक परिवर्तन आएको सिबिन नेपाल सिद्व पनेरूले जनाएका छन ।










