मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आमजनतामा देखिएको निराशालाई चिर्नका लागि कांग्रेस निर्वाचनमा होमिएको कांग्रेसका नेता डा. मीनेन्द्र रिजाल
  • मार्गरेखा संवाददाता

  • फागुन २ ।  आमजनतामा देखिएको निराशालाई चिर्नका लागि कांग्रेस निर्वाचनमा होमिएको कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बताएकाछन् । मोरंगको क्षेत्र नम्बर २ स्थित डाइनियामा कार्यकर्ता भेटका क्रममा नेता रिजालले मुलुकमा आगो लगाउने र आगो लगाउने प्रेरित गर्ने दुवै पक्षबाट जोगाउन कांग्रेसको निर्वाचनमा होमिएको रिजालले बताए । क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका उनले भने, ‘पछिल्लोसमय जनतामा गहिरो निराशा छ। पार्टीले त्यसलाई चिर्नुपर्नेछ । आमनागरिकमा देखिएको निराशाबाट कुनैपनि बेला देशमा आगो लाग्न सक्ने देखिएको छ । त्यसैले आगो लगाउनेबाट र आगो लगाउने बाध्य सृजना गराउनेबाट देशलाई जोगाउँनुछ । त्यसैले पनि पार्टी एकताबद्ध रुपमा गगन थापाको नेतृत्वमा निर्वाचनमा होमिएको छ ।’
    निर्वाचन नजिकिदैं गर्दा विस्तारै विगतका निराशा हटाउने प्रयत्न जारी रहेको उनले बताए । उनले भने, ‘अहिले आम जनतामा निराशामा आगो लगाउने नभएर, विनासको बाटो रोज्ने होइन । अब विकासको बाटो रोज्न चेतना फैलिएर गएको छ । पछिल्लोहरेक दिन नागरिकमा निर्वाचनलाई लिएर थप उत्साहित र ढुक्क भएको अवस्था छ ।’
    सो क्षेत्रमा २०४८ सालबाट तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले निर्वाचनमा जित हात पारेसंगै विकास निर्माणको काम हुदै आएको उनले दाबी गरे । रतुवा खोलामा पुल निर्माणपछि आवतजावतमा सहजीकरण भएको बताएका नेता कोइरालाले झापासम्म जानका लागि हुलाकी सडकको काम भएको प्रस्टाए । सिक्टीदेखि उत्तर डाइनियासम्म सडक विस्तार गर्दै निर्माण गर्न करिब २५ करोड रुपैयाको बहुवर्षीय योजना अघि बढाएको नेता रिजालले बताए । सो क्षेत्रमा धेरै खोला नदीबाट घेरिएको हुँदा तटबन्ध र पुल निर्माणको कामका लागि आफूले विशेष ध्यान दिएको उनको भनाई छ । स्थानीय रतुवामाई नगरपालिकाको वडा नम्बर ९ बाट सुनवर्षी नगरपालिकाको वडा नम्बर २ स्थित अमरदहसम्म बक्राह खोलामा पुल बनाउने कामलाई अघि बढाउने उनले बताए । उनले भने, ‘सुकुम्बासीको समस्यादेखि खोलामा पुल निर्माण र तटबन्ध निर्माणको काम हुदै आएको छ र ठूलो योजनाका लागि आफूले काम गर्नेछु ।’
    १ लाख २९ हजार १ सय ८४ मतदाता रहेको यस क्षेत्रमा कानेपोखरी गाँउपालिकाको १, २ र ३ नम्बर वडा, पथरीशनिश्चरे नगरपालिकाको ५ र ६ नम्बर वडा, रंगेली नगरपालिकाको १, २, ३, ८ र ९ वडा पर्दछ । त्यसैगरि, रतुवामाई नगरपालिकाको १ देखि १० र सुनवर्षी नगरपालिकाको १ देखि ९ वडा पर्दछ । यस क्षेत्रमा २०४८ सालबाट गिरीजाप्रसाद कोइराला, त्यसपछि आमोद उपाध्यायले जित हासिल गरेका थिए । कांग्रेसको गढको रुपमा चिनिएको क्षेत्रमा रिजालले ०७४ सालको निर्वाचनमा जित हात पारेपनि, गत ०७९ सालमा भने सुजाता कोइरालाले हार ब्यहोरेकी थिइन् ।

  • २ फाल्गुन २०८२, शनिबार १२:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित