मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दै
  • मार्गरेखा संवाददाता

  • जनकपुर फागुन ६ । नेपाली कांग्रेसले आज जनकपुरमा गर्ने सभामार्फत् चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

    जनकपुरबाट सार्वजनिक हुने प्रतिज्ञा पत्रबारे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिइने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

    नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको आयोजनामा आज कांग्रेसले जनकपुरधाममा सभा गर्दैछ । ‘प्रतिज्ञा सभा’ नाम दिइएको यस चुनावी सभालाई सभापति गगन थापाले सम्बोधन गर्नेछन् । सोही क्रममा उनले चुनावी घोषणा पत्र सार्वजनिक गर्नेछन् । चुनावी घोषणापत्रलाई कांग्रेसले ‘प्रतिज्ञापत्र’ नाम दिएको छ ।

    कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवले सभामा एक लाख मानिसहरुको सहभागी गराउने लक्ष्य रहेको बताए

  • ६ फाल्गुन २०८२, बुधबार ०८:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित