कोहलपुर फागुन १० । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले सबै मतदातालाई सक्रिय रुपमा मतदानमा भाग लिन र पार्टीलाई समर्थन गर्न आह्वान गरेका छन् । राप्तीसोनारी गाउँपालिका वडा नं. ३ र ४ का विभिन्न वस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रममा उनले सबै नेता तथा कार्यकताहरु गोलबद्ध भएर रुख चिन्हमा मतदान गर्न आह्वान गरेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेल भन्छन् -‘यसै पनि काँग्रेसको बलियो संगठन छ । अहिले पार्टीमा नयाँ नेतृत्व आएपछि काँग्रेस सुधार भएर आएको सन्देश आम कार्यकर्तामा गएको छ ।’ यसपालिको निर्विकल्प शक्ति भनेको कांग्रेस भएकाले कार्यकर्ताहरु अलमलमा नपर्न उनले आग्रह पनि गरे । ‘हामी राष्ट्रिय शक्ति हौँ, हामीले देशमा लोकतन्त्र स्थापना गर्ने काम गरेका हौ गौडेल भन्छन् -‘लोकतन्त्रको स्थायित्वको लागि पनि कांग्रेसले काम गर्ने भएकाले भोट हालेर जिताउनुहोस् भन्छु ।’ उम्मेदवार गौडेलले विकास, सुशासन, रोजगारी सिर्जना र पूर्वाधार निर्माणजस्ता मुद्दालाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रममार्फत मतदातासँग पुगिरहेका छन् । समाज सेवाको क्षेत्रमा गरेका काम, लोकतान्त्रिक आन्दोलनका निमित्त गरेको सङ्घर्ष, कोभिड महामारीमा गरेको सेवा लगायतका कामहरुमा जुन खालको उपस्थिति गौडेलको रह्यो त्यसले मतदाताहरुको ध्यान खिचेको देखिन्छ । गौडेलले आफुलाई विश्वास गरेर मतदान गर्न आव्हान गर्दै जितेर गए विश्वास टुट्न नदिने प्रतिवद्धता जनाउने गरेका छन् ।










