नेपालगन्ज, फागुन १० । नेपालगन्जमा रहेका बाल्मिकी समुदायले बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बाँकेको क्षेत्र नम्बर २ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा बाल्मिकी समुदायको उल्लेख्य मात्रामा बसोबास रहेको छ ।
बाल्मिकी समुदाय नेपालगन्जको अगुवाईमा आइतबार(आज) भएको भेटघाटका क्रममा नेपाली कांग्रेसका उम्मेदवार शुधान्सु कोइरालासँग सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सो क्रममा बाल्मिकी समुदायका अगुवा जगदिश बाल्मिकीले नेपाली कांग्रेसले सक्षम र भरोसा योग्य उम्मेदवारको रुपमा कोइरालालाई उठाएकाले समुदायस्तरबाटै सहयोग गर्ने निस्कर्षमा पुगेको बताए ।
भेटघाटका क्रममा उम्मेदवार कोइरालाले आफुले बाल्मिकी समुदायको उत्थानका लागि काम गर्ने दृढता ब्यक्त गरे । नेपाली कांग्रेसले सबै जाती, धर्म, समुदाय र क्षेत्रको विकासमा विगतदेखी काम गर्दै आएको र आफु निर्वाचित भएपछि पनि विशेष प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । भेटघाट कार्यक्रममा उम्मेदवार कोइरालासँगै नेपाली कांग्रेस बाँकेका पुर्वउपसभापति सुनिल नरसिंह राणा, पार्टीका क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेपाली कांग्रेस नेपालगन्ज–२ का









