काठमाडौ फागुन १२ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रसाईंलाई छाड्न आदेश दिएको हो ।
प्रसाईं यही फागुन ४ गते भक्तपुरबाट पक्राउ परेका थिए । निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेपछि उनी पक्राउ परेका थिए ।
उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए ।









