मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा मुस्लिम महिलालाई मतदाता शिक्षा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज १३ फागुन । फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरि मुस्लिम महिला महिलाहरुलाई मतदाता शिक्षा कार्यक्रम गरिएको छ । महिला, कानून र विकास मञ्च काठमाण्डौको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगन्ज–२१ विर्ता गाउँका मुस्लिम महिलाहरुलाई निर्वाचनमा मतदानका बारेमा जानकारी दिइएको हो ।
    अभिमुखीकरणका सहभागी महिलाहरुले विभिन्न निर्वाचनमा भाग लिएपनि अहिलेसम्म मतदान बारे राम्रो ज्ञान नभएर मत बदर हुने गरेको भन्दै नागरिक शिक्षाको आवश्यकता रहेको बताएका थिए ।
    कार्यक्रममा सहभागी स्थानीय महिला जमिला खानले भन्नुभयो, –‘हामी पढे लेखेका छैनौ मतदान गर्ने बेला विग्रिन्छ र मत बदर हुन्छ, मतदानबारे हामीलाई अरु समयमा पनि सिकाउन जरुरी छ ।’ चुनावको बेला राजनतिक दल र उम्मेदवार सबै मत माग्न आउँछन तर मतदान गर्ने बारे सिकाउदैनन उहाँले भन्नुभयो ।
    अभिमुखीकरणमा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भुमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुरालगायतका बारेमा रविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिलाहरुलाई मतदान बारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो ।
    प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनुभयो । उहाँका अनुसार अभिमुखीकरणमा करिब ६५ जना मुस्लिम महिलाहरुको सहभागिता रहेको थियो ।

  • १३ फाल्गुन २०८२, बुधबार २१:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित