मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कुशासनको अन्त्य गर्दै सुशासन कायम गर्न काँग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गाैडेल
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन १४ । नेपाली कांग्रेस बाँकेका सभापति तथा बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले देशले सुशासन खोजिरहेको बताएका छन् । सुशासनको अनुभूति दिलाउन काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको उनको भनाई छ । जानकी-३ मानपुरमा बिहीबार आयोजित नेपाली कांग्रेस बाँकेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै उनले कुशासनको अन्त्य गर्दै सुशासन कायम गर्न काँग्रेसलाई विजयी गराउन मतदातासँग आग्रह गरे ।

    ‘देशले सुशासन खोजेको छ, त्यसको अनुभूति काँग्रेसले मात्र गराउँछ’–गौडेलले भने । गौडेलले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न समस्या औंल्याउँदै बाँके राष्ट्रिय निकुञ्जका कारण मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा पीडित रहेको बताए । त्यस्तै राप्ती नदीको कटानले बस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुगेको उनको भनाई थियो । उनले २०५६ साल यता बाँके क्षेत्र नं. १ का समस्या संसदमा प्रभावकारी रुपमा उठ्न नसकेको उल्लेख गर्दै नागरिकका आवाज संसदसम्म पुर्‍याउन काँग्रेसलाई जिताउनुपर्ने बताए । ‘जनताका समस्या राख्न संसदमा हाम्रो प्रतिनिधित्व आवश्यक छ’–उनले भने ।
    भूमिहीन, सुकुम्बासी तथा मुक्तकमैया समुदायका समस्या समाधानमा आफूले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले मुक्तकमैयाले बैंकबाट ऋण नपाएको समस्या समाधान गर्ने बताए । आफू गरिब तथा विपन्न वर्गको पक्षमा उभिने ‘भुइँमान्छे’ भएको उनको भनाई थियो । गौडेलले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा एशियाली विकास बैंक (एडिबी) परियोजनामार्फत नेपालगन्जको विकास भएको स्मरण गराउँदै बाँके क्षेत्र नं. १ मा काँग्रेसको प्रतिनिधित्व नहुँदा विकास पछि परेको दाबी गरे ।
    कार्यक्रम नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभालाई काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति तथा बाँके ३ का उम्मेदवार अमर सिंह पुन, प्रदेश उपसभापति राजु खनाल, बर्दिया १ का उम्मेदवार संजय गौतम र बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले पनि सम्बोधन गरेका थिए । उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव सन्जु कुमारी चौधरीले गरेकी थिइन् ।
  • १४ फाल्गुन २०८२, बिहीबार २०:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित