मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र नम्बरका उम्मेदवार इस्तियाक राईको राष्ट्रिय स्तरकाे क्रिकेट मैदान बनाउने प्रतिज्ञा
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज फागुन १५  । कुनै बेला नेपालगन्ज क्रिकेट खेलाडी उत्पादनमा गर्ने शहरका रुपमा चिनिन्थ्याे । यहाँबाट निस्केका धेरै खेलाडीले राष्ट्रिय जर्सी लगाए । मंगलप्रसाद माविकाे खेल मैदान खुल्ला हुँदासम्म नेपालगन्जले क्रिकेट खेलाडी उत्पादन गर्याे भन्दा हुन्छ । स्कुलले पढाईमा डिष्टर्व भयाे भनेर जवदेखि मैदानमा कडाई गर्याे, खेलाडीले खेल्न पाएनन् ।

    यही मैदानमा खेलेर महेश क्षेत्री, अविनाश बाेहराले राष्ट्रिय जर्सी लगाए । अझ नेपालकाे पहिलाे महिला राष्ट्रिय टिममा कप्तान नेरी थापा, उपकप्तान ममता थापासहित ७ जना एकैपटक परे । याे पुस्ताकाे खेल मैदान पनि त्यही एमपी स्कुलकाे चाैर थियाे ।पछिल्ला समयमा यहाँबाट राष्ट्रिय टीममा काेही परेका छैनन् । याे यस क्षेत्रका लागि बिडम्बनाकाे विषय हाे । नेपालगन्जकाे क्रिकेट किन खस्कियाे त ? बाँके जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष दुर्गा थापा भन्छन्, ´खेल मैदान नहुनु सबैभन्दा ठूलाे कारण हाे ।`

    उनका अनुसार, खेल मैदान नहुँदा अभ्यास गर्न पाएका छैनन् । जब अभ्यास हुँदैन भने खेलकाे विकास हुने कुरै भएन । नेपालगन्जमा क्रिकेट रंगशाला अति आवश्यक छ । याे कुरालाई एमालेका उम्मेदवार इस्तियाक राईले गम्भीरतापूर्वक लिएका छन् । राईले आफ्नाे चुनावी प्रतिबद्धताकाे एक नम्बर बुँदामा आधुनिक क्रिकेट रंगशाला बनाएर क्रिकेटकाे केन्द्रकाे रुपमा नेपालगन्जलाई पुनर्पहिचान गराउने कुरा उल्लेख छ । राईले क्रिकेट रंगशाला निर्माणलाई अर्जुनदृष्टि बनाएका छन् । एउटा रंगशाला हुने बित्तिकै नेपालगन्जमा क्रिकेट फर्किने मात्रै हाेइन, शहरकाे चिनारी र खेल पर्यटकीय क्षेत्र हुन सक्छ ।

     

    त्याे कसरी ? राईकाे चिन्तन छ, भारत र पाकिस्तान एक-अर्काकाे देशमा गएर म्याच खेल्दैनन् । नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरकाे रंगशाला बनाएर सुरक्षाकाे प्रत्याभूत गरेर ती दुई राष्ट्रका खेलाडीलाई यहाँ ल्याएर म्याच खेलाउन सकिन्छ । यति गर्ने हाे भने नेपालगन्जमा खेल पर्यटक बढ्छ । शहर गुल्जार हुन्छ, आर्थिक रुपमा चलायमान हुन्छ ।
    इस्तियाकले मन्त्री हुँदा धेरै भाैतिक संरचना बनाएका छन् । विकासप्रेमी राईले क्रिकेट रंगशाला बनाउने कुरालाई जाेड दिएर नवयुवाकाे मागलाई सम्बाेधन गरेका छन् ।

    खेल र खेलाडीले शहरकाे ओेजलाई बढाउँछन्, राष्ट्रलाई चिनाउँछन् । यस्ता गहना उत्पादन गर्न राईले प्राथमिकता दिएर एक नम्बरकाे एजेन्डामा समेटेका छन् ।

  • १५ फाल्गुन २०८२, शुक्रबार १०:०६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित