मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • स्रष्टा एवं संगीतकार महेश्वर पन्तद्वारा लिखित कथासङ्ग्रह धर्तीमुनिका तारा एक विशेष साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ 

    साहित्यकार रमेश दाहालद्वारा सम्पादित उक्त कृतिको लोकार्पण अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)  कालीभक्तकृष्णा पन्त स्मृति प्रतिष्ठानको संयुक्त तत्वावधानमा सम्पन्न कार्यक्रममार्फत गरिएको हो 

    कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर तिमिल्सिनाले गरेका थिए भने अतिथिहरूलाई अनेसासका अध्यक्ष राजेन्द्र के.सी. ले स्वागत मन्तव्यद्वारा अभिवादन गरेका थिए 

    उक्त समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए । सभापति पार्थिवेश्वर तिमिल्सिनाविशेष अतिथि साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीतथा विशेष वक्ताहरू प्रा.डा. गोविन्दमानसिंह कार्कीप्रा.डा. रामप्रसाद दाहालसन्ध्या पहाडीस्रष्टा महेश्वर पन्तराजेन्द्र के.सी.सम्पादक रमेश दाहाल  राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरेलगायत मञ्चासीन व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको लोकार्पण गरेका थिए ।

    सोही अवसरमा अनेसास नेपाल च्याप्टरले स्रष्टा महेश्वर पन्तलाई खादामाला तथा दोसल्लासहित स्रष्टा प्रज्ञा सम्मान२०८२ प्रदान गरी सम्मानित गरेको थियो 

    कार्यक्रममा विशेष वक्ता सन्ध्या पहाडीले उक्त कथासङ्ग्रहमा अन्तर्निहित नारीसम्बन्धी संवेदनशील विषयवस्तुहरूको विवेचनात्मक चर्चा गरेकी थिइन् भने प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिको संरचनाविषयवस्तु तथा साहित्यिक महत्त्वमाथि विस्तृत टिप्पणी प्रस्तुत गरेका थिए । त्यसैगरी प्रा.डा. रामप्रसाद दाहालले कथाभित्र निहित अन्तर्यजीवनानुभूतिको प्रभाव र पाठकमा पर्ने साहित्यिक प्रभावबारे गम्भीर विश्लेषण गरेका थिए ।

    स्वयं स्रष्टा महेश्वर पन्तले कथा लेखनका प्रेरणास्रोतविषयवस्तुको चयन तथा पात्रहरूसँगको आफ्नो आत्मीय सम्बन्धबारे अनुभव साझा गरेका थिए । पन्तका मुन्द्रीनबोल्नेहरूफुर्लुङबौलाको डायरी जस्ता कथा तथा उपन्याससहित आधा दर्जनभन्दा बढी कृतिहरू पाठकमाझ लोकप्रिय रहँदै आएका छन् र उनी विभिन्न संघसंस्थाबाट सम्मानित तथा पुरस्कृतसमेत भइसकेका छन् ।

    कार्यक्रममा सापसका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा महेश्वर पन्त तथा उहाँका कृतिहरूको निरन्तर सफलताको कामना व्यक्त गरे । त्यसैगरी साहित्यकार मदनराज थापाअनेसास गण्डकी प्रदेशका अध्यक्ष देवेन्द्र के.सी. देवुतथा अनेसास हवाई च्याप्टरकी अध्यक्ष अमृता स्मृतिलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    सम्पादक रमेश दाहालले आफ्नो सम्पादकीय मन्तव्य प्रस्तुत गर्दै प्रमुख अतिथि भूपाल राईको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए 

    प्रमुख अतिथि राईले स्रष्टा महेश्वर पन्तको साहित्यिक व्यक्तित्वको प्रशंसा गर्दै आफू अमेरिका जाँदाका बेला पन्तबाट प्राप्त आत्मीय सत्कारको स्मरणसहित कृति धर्तीमुनिका ताराको महत्त्वबारे विचार व्यक्त गरे 

    कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गजबकुमारी तिमिल्सिना, पार्थिवेश्वर तिमिल्सिना, राजेन्द्र केसीद्वारा सम्पादक रमेश दाहाल,विशेष वक्ताहरूः प्रा.डा. गोविन्दमानसिंह कार्की, प्रा.डा. रामप्रसाद दाहाल, सन्ध्या पहाडी र प्रमुख अतिथि माननीय कुलपति भूपाल राईलाई स्मृतिचिह्न प्रदान गरिएको थियो ।

    साहित्यकार ऋषभदेव घिमिरेद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको अन्त्यमा सभापति पार्थिवेश्वर तिमिल्सिनाले लोकार्पित कृतिभित्र समेटिएका कथाका विषयवस्तु र त्यसको साहित्यिक मूल्यबारे मन्तव्य व्यक्त गर्दै कार्यक्रम विसर्जन गरेका थिए ।

    जिएमपी तिमिल्सिना फाउण्डेसनको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारसंगीतकार सन्तोष श्रेष्ठडा. बुनु दाहालमुक्तककार पार्वती भट्ट, साहित्यकार राधा कार्की दुलाल, माननीय पूर्वन्यायाधीश शेषराज सिवाकोटीसाहित्यकार रामप्रसाद पन्तशोभाभक्त पन्तखेम शर्मा पौडेलघनश्याम पाण्डेसंगीतकार नरहरि प्रेमीकवि गीता कार्कीजगदीश तिमिल्सिनाओमकार तिमिल्सिनालगायतका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो  उपस्थित साहित्यप्रेमीहरूको बाक्लो सहभागिताले सभाहल खचाखच भरिएको थियो 

    कालीभक्तकृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा प्रकाशित यो कृतिको बिक्रीबाट सङ्कलित रकम प्रतिष्ठानले नेपाली भाषा, साहित्यको प्रवर्द्धन तथा सामाजिक विकासमा प्रयोग गर्ने कुरा स्रष्टा महेश्वर पन्तले बताएका छन् ।

  • १ चैत्र २०८२, आईतवार १०:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित