मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्यमन्त्रीले ५ लाख घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
  • मार्गरेखा संवाददाता

  • कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

    अन्तर्वार्तापश्चात उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै कृष्णदत्त भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

    यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिहरूमाथि आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पष्टीकरणमा लेखिएको थियो । चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले उल्लेख गरेको थियो ।

    उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमा आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको भन्दै भट्टमाथि कारबाहीको माग गरेका थिए ।

  • २ चैत्र २०८२, सोमबार १३:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित