मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

तीन जनाको मृत्यु, १५ घाइते
  • मार्गरेखा संवाददाता

  • नवलपरासीको दाउन्नेमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तले जानकारी दिए । रोल्पाका २५ वर्षीय गोविन बुढाको सनाखत भएपनि अन्य २ जनाको सनाखत हुन सकेको छैन । मृतक तीनै जना पुरुष हुन् ।

    दुर्घटनामा १५ जना घाइते भएका छन् । गएराति १ बजे नवलपरासीको बर्दघाट नगरपालिका–४ घ्यूखोलामा तीनवटा सवारी साधन एक आपसमा ठोकिँदा सो दुर्घटना भएको हो । बुटवलतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेका लु २ ख २३५१ को बसले सोही दिशाबाट जाँदै गरेको ना ५ ख २२७५ को पिकअप गाडी दुर्घटनामा परेको हो ।

    ट्रक र बसले पिअपलाई ठक्कर दिएको थियो । ठक्कर दिएका बस र ट्रक २ सय मिटर तल खस्दा दुर्घटना भएको डिएसपी पन्तले जानकारी दिए

  • १४ चैत्र २०८२, शनिबार ०८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित