काठमाडौ चैत्र २६ । नेपाली काँग्रेसका नेता एव पूर्वगृहमन्त्री रमेश लेखक हाजिरी जमानतमा रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंले लेखकलाई रिहाइ गर्न लागेको हो।
सरकारी वकिलको सहमतिमा आवश्यक परेको बेला उपस्थित हुनेगरी लेखकलाई रिहा गर्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।









