मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रुकुम पूर्वमा सेवा प्रवाह चुस्त र सेवाग्राहीमैत्री बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन
  • मार्गरेखा संवाददाता

  • रुकुम पूर्व चैत्र ३०  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सेवा प्रवाहलाई चुस्त, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन निर्देशन दिनुभएको छ । रुकुम पूर्वका जिल्ला स्थित कार्यालय प्रमुखहरूसँग भएको समन्वय बैठकमा उहाँले जनताले सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्न जोड दिनुभएको हो ।
    प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षता तथा मुख्यमन्त्री आचार्यको विशेष उपस्थितिमा जिल्लाको विकास योजना निर्माण कार्यमा देखिएका समस्या र समाधानका विषयमा समन्वय बैठक गरिएको थियो । बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्य सुरुल पुन मगर र धनबहादुर के.सी., नेकपा (एमाले) का केन्द्रीय सदस्य लिलामणी गौतम लगायतको विशेष उपस्थिति रहेको थियो ।
    छलफलका क्रममा मुख्यमन्त्री आचार्यले विकास निर्माणका कामलाई तीव्रता दिन, सेवा प्रवाहमा देखिएका ढिलासुस्ती अन्त्य गर्न तथा नागरिकको गुनासोलाई सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले कार्यालयहरूबीच समन्वय र सहकार्य बढाएर परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
    बैठकमा जिल्लास्थित विभिन्न सुरक्षा निकाय, प्रशासन, स्वास्थ्य, कृषि लगायतका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले जिल्लामा विकास योजना कार्यान्वयनका क्रममा देखिएका समस्या, जनशक्ति अभाव, स्रोत साधन व्यवस्थापन तथा सेवा प्रवाहका चुनौतीहरूबारे धारणा राखेका थिए ।

  • ३० चैत्र २०८२, सोमबार १५:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित