मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त
  • मार्गरेखा संवाददाता

  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

    लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

    बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

    ९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

  • १४ श्रावण २०८२, बुधबार ०९:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित