मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार वसन्त योगीको शब्द र कोमल वली स्वर रहेको तीज गीत ‘सिंगापुरे सारीमा’ सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन १६ । चर्चित गायिका कोमल वलीको नयाँ तीज गीत “सिंगापुरे सारीमा” बिहीबार सार्वजनिक भएको छ ।

    यादव प्रसाद पन्त र वसन्त योगीको शब्द रहेको गीतमा स्वर कोमल वलीको रहेको छ, भने संगीत एवं एरेन्ज पुष्कर सुनुवारले गरेका छन् ।

    विशेष गरी दर्जनौँ लोक तथा दोहोरी गीतमा निकै चर्चा कमाएकी गायिका वलीले नेपाली चलचित्रका गीत समेत गाएकी छिन् ।

    पछिल्लो समय राजनीतिमा होमिएकी गायिका वलीले यो वर्ष “सिंगापुरे सारीमा” लगायतका तीज गीतमा आफ्नो स्वर भरेकी छिन् ।

    इच्छा अधिकारी र स्वयं कोमल वलीको अभिनय रहेको गीतको भिडियोको कोरियोग्राफ तथा निर्देशन प्रशान्त मगरले गरेका छन्, भने भिडियो दिनेश पराजुलीले खिचेका हुन् ।

    गायिका वलीको बिहे गर्ने आस अझै नमरेको र त्यसका लागि भगवान् शिव जीलाई पुकार गरेको आशय शब्दमा सुन्न पाइन्छ ।

    भिडियो पनि भगवान् शिवकै आराधना तथा पूजा गरी बिहेको लगन नजुराई दिएको र यस पालिको तीजमा केही हुने अपेक्षालाई समेटिएर भिडियो निर्माण भएको छ ।

    दंगाली गायिका भएकै र कोमल दिदीको बिहेकै बारेमा थिम तयार गरी गीत एवं भिडियो बजारमा ल्याएको रचनाकार तथा प्रोड्युसर यादव प्रसाद पन्तको भनाई छ ।

    सात समुन्द्र पारी रहेर पनि नेपाली नारीहरूको महान् पर्व तीजलाई मध्यनजर गरेर तीज गीत बजारमा ल्याएको पन्तले बताए ।

    गायिका वली दिदीले अत्यन्त राम्ररी गीत गाइदिएको र गीत र भिडियो पनि राम्रो भएकाले श्रोता दर्शकले मन पराइदिने पनि रचनाकार तथा प्रोड्युसर पन्तले बताए ।

  • १६ श्रावण २०८२, शुक्रबार १३:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित