मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भाेली साेमबार  बागेश्वरी महाआरतीमा  सात लाख दिप प्रज्वलन (लक्ष्यवती) गरिने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज साउन  १८ । भाेली साेमबार  बागेश्वरी महाआरती   सात लाख दिप प्रज्वलन (लक्ष्यवती) प्रज्जवल गरिने भएकाे छ । साे कुरा आज  बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीले पत्रकार सम्मेलन जानकारी गराएकाे हाे ।

    पत्रकार सम्मेलनमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितीका अध्यक्ष गाेपाल प्रसाद अधिकारीले महाआरतीमा बांके र बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तहरूलाई आमन्त्रण गरि  श्रावण मास बिषेश बनाउने बताए ।

    अध्यक्ष अधिकारीले पत्रकारहरूकाे प्रश्नहरूकाे जवाफ दिद‌ै नाट्टा बाँके च्याप्टरको संयोजनमा  सात लाख दिप प्रज्वलन (लक्ष्यवती। प्रज्जवल गरिने बताउदै  अन्तिम साउन २६ गते १३३ ओै श्रृङखला  महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराउने तयारी छ। महाआरती स्थलमा खुशियाली सहित शान्त र सौम्य आतिसबाजी पनि गरिने बताए । पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिका वडा न २ का अध्यक्ष मनाेज श्रेष्ठ नाटा बाँके च्यप्टर अध्यक्ष श्रीराम सिग्देल, गुठी समितिका सदस्य एव वागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयाेजक सुनिल सिह हमाल उपस्थित रहेकाे थियाे ।

     

  • १८ श्रावण २०८२, आईतवार १८:०० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित