नेपालगञ्ज भदौ १३। नेपाल प्रेस युनियन बाँकेले १०० दिने सदस्यता अभियान आजबाट बाँकेमा सुरू गरेको छ ।
नेपाल प्रेस युनियन केन्द्रीय निर्यणका अनुसार १०० दिन सदस्यता अभियान नेपाल युनियनका केन्द्रीय बरिष्ट उपाध्यक्ष प्रेम के ।सीले सदस्यता हस्तान्तरण गरि शुभारम्भ गरेका छन ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकालको सभापतित्वमा भएको १०० दिने अभियान शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बीनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चैलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरी, नेपाल प्रेस युनियन बाँके उपाध्यक्ष कमल खत्री लगायत बक्ताहरूले नेपाल प्रेस युनियनका प्रत्येक सदस्यहरूले पत्रकारिता कर्म गदै सत्य तथ्य समाचार प्रकाशित गरि समाजलाई सचेत बनाउ पर्ने बताए ।










