मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगे
  • मार्गरेखा संवाददाता

  • काठमाडौ भदाै २३ ।   देशभरको जेन जीको आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।

    काठमाडौंमा १८ जना तथा इटहरीमा दुईसहित २० जनाको ज्यान गएको हो । दुई सय ५६ जना घाइते भएका छन् । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।

    जेन जीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि ज्यान गुमाएकामध्ये तीन जनाको परिचय खुलेको छ ।

    जसमा ग्लोबल कलेजमा अध्ययनरत १९ वर्षका श्रीथाम चौलागाइ, बाँकेका २१ वर्षीय सुलभराज श्रेष्ठ तथा कीर्तिपुर निवासी ४२ वर्षका बुद्धि तामाङ रहेको प्रहरीले जनाएको छ ।

    जेनजी प्रदर्शनका काठमाडौंका विभिन्न अस्पतालमा उपचाररतमध्ये १८ जना तथा इटहरीमा २ सहित अहिलेसम्म २० जनाले ज्यान गुमाएका छन् ।

  • २३ भाद्र २०८२, सोमबार २०:०९ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित