मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिए
  • मार्गरेखा संवाददाता

  • रामेश्वर खनाल अर्थमन्त्री,  कुलमान घिसिङ ऊर्जा,जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात,सहरी विकास मन्त्री  र ओमप्रकाश अर्यालले गृह , कानुन तथा संसदीय मामिला मन्त्री पदको शपथ लिएका हुन्।

    शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत,राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, सुरक्षा निकायका उच्च पदस्थ अधिकारीलगायत सहभागी थिए। यसअघि प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा भने दाहाल उपस्थित थिएनन्।

    जेनजीको आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएपछि शीतल निवासको परिसरमा टेन्ट राखेर मन्त्रीहरूको शपथ  ग्रहणको व्यवस्था मिलाइएको छ।  योसँगै मन्त्रिपरिषद चार सदस्यीय भएको छ। आइतबार अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले खनाल,अर्याल र घिसिङलाई मन्त्री नियुक्त गरेकी हुन्। अर्थमन्त्री खनाल पूर्वअर्थसचिव हुन्। गृहमन्त्री अर्याल कानुनविद् हुन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार समेत हुन्।

    यसैगरी ऊर्जा मन्त्री घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्। केपी शर्मा ओली नेतृत्वको सरकारले घिसिङलाई बर्खास्त गरेको थियो। पछि उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई ल्याइएको थियो।

  • ३० भाद्र २०८२, सोमबार १२:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित