मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

देउवाको गर्धनमाथि १२ वटा टाँका, अझै केही दिन अस्पतालमै
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ३ ।  जेन–जी आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवाको गर्धनमाथि १२ वटा टाँका लगाइएको छ । सैनिक अस्पतालमा उपचाररत देउवाको अवस्था भने खतरामुक्त रहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

    उनले शुक्रबार भने, गर्धनमाथि गम्भीर चोट लागेको छ । १२ वटा टाँका लगाइएको छ । उठ्दा रिंगटा लाग्ने र  धेरैबेर बोल्दा असहज हुने भएकाले केही दिन अस्पतालमा राखेर उपचार गर्ने डाक्टरको सल्लाह छ ।’

    विश्वकर्माले देउवाको सबै नेताहरूसँग कुरा भइरहेको र केही दिनमा सार्वजनिक हुने बताए ।

    जेन–जी विद्रोहको क्रममा सभापति देउवामाथी आक्रमण भएको थियो । सो क्रममा देउवालाई गर्धनमाथिको भागमा चोट लागेको थियो । विश्वकर्माका अनुसार देउवाको स्वास्थबारे उपसभापति पूर्णबहादुर खड्काले आजको कार्यसम्पादन समिति बैठकमा ब्रिफिङ गरेका छन् ।

    ‘उहाँको टाउको १२ टाका लागेको र बोल्दा अहसज हुने, उभिँदा चक्कर लाग्ने भएकाले डाक्टरले डिस्चार्ज नगरेको र अझै केहीदिन अस्पतालमै बस्ने बिफ्रिङ भएको छ,’ विश्वकर्माले भने ।

  • ३ आश्विन २०८२, शुक्रबार १६:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित