मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमन
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असाेज ७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका कारण आगजनीमा परेर प्रभावित भएका कार्यालयहरुको अनुगमनलाई निरन्तरता दिनुभएको छ । मंगलबार उहाँले बाँके जिल्लाका सरकारी कार्यालय तथा राजनीतिक दलका पार्टी कार्यालयहरुको अनुगमन गर्नु भएको छ । अहिले पनि अनुगमन जारी रहेकाे छ । यसअघि अर्घाखाँची, प्यूठान र दाङ जिल्लाका प्रभावित कार्यालयहरुको पनि अनुगमन गर्नु भएको थियाे ।

    अनुगमनका क्रममा बाँकेका सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री आचार्यले अत्यावश्यक सेवा नरोकिने बताउनुभयो ।`कतिपय अत्यावश्यक कार्यालयहरूको सेवा सञ्चालनका लागि सहयोगको कार्य पनि अगाडि बढाइरहेका छौं । जेन्जी आन्दोलनको नाममा भएको घुसपैठले बाँके क्षेत्रका सरकारी संरचना ध्वस्त पार्ने काम भएको छ । जनतालाई दैनिक आवश्यक पर्ने कागजात र लगतहरू जलाउने काम भएको छ । यसरी सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य अत्यन्त खेदजनक छ´उहाँले भन्नुभयाे-` यसले भोलि लाभग्राही जनतालाई नै समस्या सिर्जना गर्ने देखिन्छ ।´

    जेन्जी आन्दोलनको नाममा प्रदेशभर दुई सय बढी कार्यालयमा क्षति पुगेको छ । प्रदेशमा करिब दुई खर्बभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । धेरै कार्यालयमा सेवा प्रवाह गर्न कठिन रहेको र टेन्ट टाँगेर भए पनि सेवा प्रवाह गर्नेगरी व्यवस्था मिलाइएको जानकारी मुख्यमन्त्री आचार्यले दिनुभयो ।

  • ७ आश्विन २०८२, मंगलवार ११:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित