मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कात्तिक मसान्तसम्मका लागि मतदाता नामावली संकलन र अद्यावधिक खुला
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ९ ।   निर्वाचन आयोगले मतदाता नामावली संकलन र अद्यावधिक गर्ने समय कात्तिक मसान्तसम्म तोकेको छ। सरकारले ल्याएको मतदाता नामावली संशोधन अध्यादेश बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएपछि बिहीबार आयोगको बैठक बसेको थियो। बैठकबाट आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन खोल्ने र सोही अवधि मतदाता नामावली अद्यावधिक पनि गर्ने समय तोक्ने निर्णय गरेको हो।

    ‘सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेपछि पुरानो व्यवस्थाअनुसार भदौ २८ गतेबाट मतदाता नामावली संकलन कार्य रोकिएको थियो,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने, ‘अब अध्यादेश आइसकेपछि मतदाता नामावली संकलन पनि खुलेको छ।’  उनका अनुसार मतदाता नामावली अद्यावधिकको काम भने पुरानो व्यवस्थाले नरोक्ने अवस्था रहेको उनले बताए। ‘अब यो अवधिमा बसाइसरेर नयाँ ठाउँ गएका, अर्को ठेगानामा मतदाता नामावली परेकाको मतदाता नामावली अद्यावधिक गर्ने, मृत्यु भएकाहरूको हटाउने काम पनि हुन्छ,’ उनले भने।

    नयाँ मतदाता नामावली संकलनमा केही संख्यामा मात्रै मतदाता आउन सक्ने आयोगको अनुमान छ। फोटोसहितको मतदाता नामावली संकलन सुरु भएपछि नागरिकता लिँदा नै त्यहीँ मतदाता नामावली संकलन कार्य पनि भइरहेको छ। त्यसमा कमै मात्रै छुटेका हुन सक्छन्। ‘कोही नागरिकता प्रमाणपत्र लियो, तर मतदाता नामावली नबनाएर हिँड्यो भने छुटेको हुनसक्छ। पछिल्लो असार १७ यता नागरिकता लिँदा नै मतदाता नामावली बनाउने काम पनि रोकिएको थियो। यसरी विभिन्न कारणले मतदाता नामावली बनाउन छुटेकाहरूलाई समेट्ने हाम्रो योजना छ,’ प्रवक्ता भट्टराईले भने।

    फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता नामावलीमा नाम भएका नागरिकले फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ।

  • ९ आश्विन २०८२, बिहीबार १८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित