मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महिनावारी स्वच्छता सम्बन्धी सचेतना तथा प्याड वितरण कार्यक्रम” सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज, असाेज ११ ।छोरी उदय, बाँके र लियो क्लब अफ नेपालगञ्ज खजुराको संयुक्त आयोजनामा “महिनावारी स्वच्छता सम्बन्धी सचेतना तथा प्याड वितरण कार्यक्रम” सम्पन्न भएको छ। “Periods are Natural, Hygiene is Essential” भन्ने नारासहित कार्यक्रम  बाँकेको खजुरा–२ मा आयोजना गरिएको हो।

    कार्यक्रमलाई समाजसेवी पदम फुयालले सहयोग गरेका थिए भने संयोजनको जिम्मेवारी एन्जिल अधिकारी र लियो अर्जुन धितालले वहन गरेका थिए। कार्यक्रममा सहभागी महिलाहरूमाझ महिनावारी स्वच्छताबारे जानकारी दिइएको र निःशुल्क प्याड वितरण गरिएको आयोजकले जानकारी दिएको छ।

    आयोजक संस्थाहरूले महिलाहरूलाई सुरक्षित, स्वच्छ र सशक्त बनाउन आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएका छन्।

  • ११ आश्विन २०८२, शनिबार २०:१६ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित