मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

होलिल्यण्डको गल्र्स टिम फाइनलमा प्रवेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, कात्तिक २३ ।होलिल्याण्डको छात्रा टिम यु–१४ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपालगन्जमा भएको खेलमा होलिल्याण्डले मनकामना हाइस्कुल नेपालगन्जलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो ।
    पेनाल्टी सुटआउटमा होलिल्याण्डको तर्फबाट शुभद्रा सुनार, ईश्वरी धामी, स्वतिष्का यादवले गोल गर्नु भयो । मनकामनाको तर्फबाट अनुष्का तिमिल्सिना र हिमानी घिमिरेले गोल गर्नु भएको थियो । यसैगरी छात्रा तर्फको अर्को खेलमा नेपालगन्ज सेन्ट जेभियर्स स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
    सेमिफाइनलमा सेन्ट जेभिर्यसले वेस्टजोन माविसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार नेपालगन्ज सेन्ट जेभियर्स र नेपालगन्ज मोडेल एकेडेमी बिचको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो ।
    पेनाल्टी सुटआउटमा नेपालगन्ज सेन्ट जेभियर्सकी करिष्मा पासी र मनिषा बोगटीले गोल गर्नु भयो । नेपालगन्ज मोडेलको तर्फबाट भावना खड्काले मात्र गोल गर्न सक्नु भयो ।
    यसैगरी छात्र तर्फको खेलमा कोहलपुर बागेश्वरी इङलिस मिडियम स्कुलले बालज्योती एकेडेमी कोहलपुरलाई ३–० ले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा कोहलपुर बागेश्वरीले युनाइटेड एजुकेशनल एकेडेमीसँग खेल्नेछ ।
    आइतबार कोहलपुर बागेश्वरीलाई जित दिलाउन हेमन्त सिंह धामीले १३औं मिनेट, सोहन जैसीले २४औं मिनेट, रोहित खड्काले २८औं मिनेटमा गोल गर्नु भएको थियो ।
    बाँके जिल्ला फुटबल संघको आयोजनामा भैरहेको प्रतियोगितालाई लुम्बिनी प्रदेश स्तरीय यु–१४ छनोट खेलका रुपमा लिइएको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा बाँकेको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।

     

  • २३ कार्तिक २०८२, आईतवार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित