नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेश सरकार गठनमा जालेझेल भएको बताएका छन् । संविधानको धारा १६८ को उपधारा (२)अनुसार सरकार बनाउने सम्भावना हुँदाहुँदै उपधारामा (३)मा सरकर बन्नु गलत भएको बताए ।
शर्माले संविधानकाे धारा १६८ काे उपधारा (२)को सरकार बन्ने सम्भावना छँदै ‘मञ्चन’ भएको ‘प्रहसन’लाई बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले सच्याउने उल्लेख गरेका हुन् ।
उनले फेसबुकमार्फत सरकार गठन प्रक्रियालाई निन्दनीय भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘मधेश प्रदेशमा भएको अ–राजनीति दुःखद छ । नागरिक पङ्क्तिमा संघीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय छ ।’
उनले अगाडि लेखेका छन्, ‘१६८ (२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको ‘प्रहसन’लाई बहुमत दल र बहुमत प्रदेशसभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ l’










