प्रतिवेदन प्रस्तुत गर्र्दै आचार्यले मेसिन खरिदमा ५६ लाख, निर्माणमा ४८ लाख ७१ हजार ६ सय ११ रुपैया, विद्युतमा १ लाख ३७ हजार ६ सय ३४ रुपैया, शिलालेखनमा १ लाख २६ हजार ५ सय ६० रुपैया, ढुवानीमा ५० हजार ९५ रुपैया, पारिश्रमिक १ लाख ७६ हजार २ सय रुपैया, विविध (बोका दाउरा) ३७ हजार ८ सय ५५ रुपैया, मर्मतमा ९ हजार ४ सय ३० रुपैया, पेन्टिङ्गमा ६ हजार ९ सय ११ रुपैया, ज्यामिमा ५ हजार ५ सय रुपैया, बैंक हिसाव मिलानमा ३ हजार ६ सय १० रुपैया, सम्मान, प्रमाण पत्र तथा सञ्चारमा ३४ हजार र मसलन्दमा १२ हजार ८ सय ४५ रुपैया गरी जम्मा १ करोड १० लाख ७२ हजार २ सय ५२ रुपैया खर्च भएको बताए ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्यले करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य भइसकेको बताए ।
‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो उनले भने— ‘अव त्यो अवस्था रहेन ।’ ‘घाम पानी नभनी समितिले काम गरेको प्रति धन्यवादको पात्र हुनुहुन्छ’ उनले थपे ।
नगरपालिकाले शवदाह गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाउने बताउँदै न्युनतम २५ सय देखि माथि हुने गरी दाहसंस्कार गरिने र थप व्यवस्थित गर्ने नगर प्रमुख आचार्यले बताए ।
आचार्यले समाजको लागि केही गर्नुपर्छ भन्ने शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर अधिकारीलाई शवदाह गृह निर्माणदेखि नै मुद्धाहरु परेकोले निर्माण समितिलाई काम गर्दा निकै कठिन थियो तर पनि उहाँहरुले पारर्दिशिक ढङ्गबाट काम गरेको यो सार्वजनिक सुनवाई कार्यक्रमबाट प्रस्ट हुने उनको भनाई थियो ।
शवदाह गृह निर्माणपश्चात हालसम्म ७४ जनाको निःशुल्क दाहसंस्कार गरिएको शवदाह गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्र बहादुर अधिकारीले बताए । समाजसेवा गर्नुपर्छ भन्ने मनोभावना बोकेर हिड्दा र कोहलपुरको हकहितमा काम गरौं भन्दा विभिन्न मुद्धाहरु पर्दा निकै दुःख व्यक्त गरे ।

शवदाह गृह निर्माण हुँदासम्म सहगोगी दाता र बैंकहरुको आर्थिक सहयोगले निर्माण सम्पन्न गर्न सफल भएको बताए । अधिकारीले आफ्नो बुवाको पनि शवदाह गृहमा नै दाहसंस्कार गरेको बताउँदै आगामी दिनमा कोहलपुरबाट अगैया दाहसंस्कारको लागि मलामी जाने समेत घोषणा गरेका थिए । सार्वजनिक सुनवाईमा गएका अन्य व्यक्ति र समितिका व्यक्तिहरुले समेत कोहलपुरबाट अगैया दाहसंस्कार गर्न मलामी नजाने प्रतिबद्धता व्यक्त गरे ।










