नेपालगन्ज कात्तिक ३० । बाँके जिल्लाका नेपालगञ्ज र कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा अबैध तथा गैर–व्यावसायिक क्रियाकलाप भइरहेको सूचनाका आधारमा प्रहरीले गरेको विशेष निगरानी तथा चेकजाँचका क्रममा १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार सञ्चालनमा रहेका ती व्यवसायहरूमा शंका लाग्दा गरिएको अनुगमनका क्रममा ११ जना महिला र ७ जना पुरुषलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमाथि कानूनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उक्त कारबाही जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पन्तको नेतृत्वमा गरेकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीले यस्ता अबैध गतिविधि रोकथामका लागि निरन्तर अनुगमन र कडाइका साथ कारबाही जारी रहने प्रहरीले जनाएकाे छ ।










