मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अगैयामा बस र मोटरसाइकल ठोक्किँदा बर्दियाका एकको मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, मङ्सिर १ गते । बाँकेको राप्ती सोनारी २ अगैयामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परेर बर्दियाका एक जनाको मृत्यु भएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बिहान सवा ७ बजे कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे १३ प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा प्र ११४५ नम्बरको यात्रुबाहक बस राप्तीसोनारी गापा २ अगैया बजारमा एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा परेर मोटरसाइकल चालक जिल्ला कञ्चनपुर पुनर्वास गाउँपालिका वडा नम्बर ९ घर भई हाल जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ बुद्ध टोल बस्ने वर्ष ४४ का कृष्ण घर्ती क्षेत्री घाइते भई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बस चालक र बसलाई नियन्त्रणमा लिएर अगैयास्थित प्रहरी चौकीमा राखिएको जनाउँदै मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमै राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • १ मंसिर २०८२, सोमबार १४:०० प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित